काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ ।अघिल्लो वर्ष असार मसान्तमा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो। यो तथ्यांक अघिल्लो वर्षको तुलनामा १८.१ प्रतिशतले बढी हो।
राष्ट्र बैंकको विवरणअनुसार १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा २५.१ प्रतिशतले बढेको छ। २०८१ असारसम्म १ करोड रुपैयाँ माथिको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ पुगेको छ। २०८० असार मसान्तमा १ करोड रुपैयाँ माथिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो।
त्यस्तै , २०८१ असारसम्म ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। २०८० असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो।
तथ्यांकअनुसार २५ लाख रुपैयाँभन्दा कम शेयर धितो कर्जा ३.९ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा यो रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।
समीक्षा अवधिमा २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा १२.८ प्रतिशतले बढेर १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो।
अर्थ सन्जाल