हृदेयशलाई दुई शीर्ष नेताले छाडे, सांसद गुप्ता एमाले प्रवेश गर्दै

सूर्य चिन्ह लिएर स्वतन्त्र विजयी प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता अन्ततः एमाले प्रवेश गर्ने भएका छन् । विगतमा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक अभियानबाट विजयी भएका गुप्ता १४ चैतमा औपचारिक रुपमा नै एमाले प्रवेश गर्न लागेका हुन् ।

‘हृदयेशजीलाई अलग्गै पार्टी बनाउने काम नगरौँ, हिजो पनि हामी सूर्य चिह्न लिएर विजयी भएका स्वतन्त्र सांसद हौँ । वार्ता गरेर एमालेमा जाऔँ भन्यौँ, मान्नुभएन,’ गुप्ताले न्युज कारखानासँग भने, ‘मसहित मेरो टिम १४ चैतमा तौलिहवामा आयोजना हुने कार्यक्रमबाट औपचारिक रुपमा एमाले प्रवेश गर्दैछ ।’

उनका अनुसार सो कार्यक्रमार्फत प्रदेश सांसद धर्मबहादुर श्रीवास्तवसहित दर्जनौँ वडा अध्यक्ष, विगत निर्वाचनका प्रत्यासीहरूसहित ठूलो समूह एमाले प्रवेश गर्नेछ ।

सांसद गुप्तालगायतलाई प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं कपिलवस्तु जाँदैछन् । गुप्ताको एमाले प्रवेशसँगै २०७४ को निर्वाचनमा सूर्य चिह्नबाट प्रतिनिधिसभाका उम्मेदवार ४ जनामध्ये त्रिपाठीका समूहबाट दुई जना अलग भएका छन् ।

पशुपति दयाल मिश्र यसअघि नै एमाले प्रवेश गरिसकेका छन् भने त्रिपाठीसँग अब ईश्वरदयाल मिश्र बाँकी छन् । त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *