सामाजिक सञ्जालबाट सेयर खरिदबिक्री गर्न उक्साउनेलाई कारबाही गर्छौं : धितोपत्र बोर्ड

काठमाडौं । सामाजिक सञ्जालमार्फत कुनै पनि कम्पनीका सेयर मूल्य बढ्ने वा घट्ने भन्दै खरिद वा बिक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गरिने धितोपत्र बोर्डले स्पष्ट पारेको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनाधिकृत तवरले अन्तर्वार्ता तथा अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरीहरु प्राप्त भएको जनाएको छ ।

‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्येक्ष वा अप्रत्येक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ’ बोर्डले सूचनामा भनेको छ ‘सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँछौं ।’

निश्चित सेयर खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न, नगराउन र त्यस्ता कार्य रोक्न बोर्डले भनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *