विश्व बैंकको १५० मिलियन डलर सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने

काठमाडौं । सरकारले विश्व बैंकसँग १५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग लिन वार्ता टोली गठन गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहुलियतपूर्ण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्ताबेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने बताएको हो ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर अर्थात् १५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन सरकारले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने सरकारले जनाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *