काठमाडाैं । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्।भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् ।
१२ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकले स्थिर राखेका छन् भने १ बैंकले ब्याजदर बढाएको छ ।
प्राइम बैंकको ब्याजदर साउनको तुलनामा बढेको हो । ग्लोबल आइएमई, लक्ष्मी सनराइज, कुमारी,माछापुच्छ्रे, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् ।
साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् ।
व्यक्तिगत मुद्दति निक्षेपमा ती कम्पनीहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने छन् । सबैभन्दा कम ब्याज दिने बैंकमा नेपाल बैंक छ । यस्तो निक्षेपमा उक्त कम्पनीको अधिकतम ब्याजदर ५.२५ प्रतिशत छ ।
भदौमा यी १२ बैंकहरुको घटाए ब्याजदर?
एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
साउन महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
नेपाल बैंक लिमिटेड
बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साउन महिनाका लागि भने बैंकको व्यक्तिगततर्फ अधिकतम ६.२५ र संस्थागतर्फको अधिकतम ४.२५ प्रतिशत ब्याजदर कायम थियो ।
प्रभु बैंक
प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एभरेष्ट बैंक
बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ अधिकतम ५.१ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.३ र संस्थागततर्फ ५.३ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
एनएमबी बैंक
बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
हिमालयन बैंक
हिमालयन बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत र संस्थागततर्फ ६.५०० प्रतिशत ब्याजदर दिएको थियो ।
कृषि विकास बैंक
कृषि विकास बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ६.०६ र संस्थागततर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.२९ र संस्थागततर्फ ४.५१ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगतको ब्याजदर घटाएको छ ।
बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२९ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंक
सानिमा बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२ प्रतिशत र संस्थागततर्फ ४.९ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन साउन महिना क्रमशः ६.४० र ५.१० प्रतिशत कायम रहेको थियो ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साउनमा भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३० प्रतिशत र संस्थागततर्फ ५.३० प्रतिशत ब्याज दिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले साउनका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले साउन महिनाका लागि व्यक्तिगतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम थियो ।






