सुनको मूल्य स्थिर 

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार पनि सुनको मुल्य तोलाको १ लाख ५० हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बढेकाे छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *