८३.९५ प्रतिशतले बढ्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले ६० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको भन्दा ८३.९५ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ३३ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद बिमा शुल्क १९.०७ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँ भएको छ ।

यस्तै, कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि २०.८२ प्रतिशतले बढेर ४७ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । खुद नाफामा वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ५.७१ रुपैयाँले बढेर २३.२२ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने २४२.०४ रुपैयाँ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *