काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
जसअनुसार कम्पनीले ३५ करोड ८ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २१ करोड ९३ लाख ८७ हजार रुपैयाँ रहेको थियो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५९.९१ प्रतिशतले बढी हो ।
त्यस्तै, समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी ६ अर्ब १८ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ५५ करोड १८ लाख रुपैयाँ रहेको थियो । जुन आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ७४.२० प्रतिशतले बढी हो। कम्पनीको कुल दाबी भुक्तानी ५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो बर्षको तुलनामा ८३.२७ प्रतिशतले बढी हो।
यस कम्पनीको जीवन बीमा कोषको आकार ३५.४७ प्रतिशतले बढेर १४ अर्ब ७९ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कोषमा १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ मात्र रहेको थियो ।
जगेडा कोषको सञ्चिति १८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक बर्षकोभन्दा २९ प्रतिशतले बढेको हो। कम्पनीको प्रतिशेयर आम्दानी ८.३८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७.८४ रुपैयाँ रहेको छ। यस कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ ।







