काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ अवधि आज सकिँदैछ ।
सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर रहेको छ । सोमध्ये साबिक सानिमा लाइफका संस्थापक तर्फको १ करोड ४० लाख र कर्मचारीहरूको ३ लाख कित्ता शेयर ‘लक इन’ छ ।
साबिकको सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड आपसमा मर्ज भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड को नामबाट २०७९ चैत्र ९ गतेदेखि एकीकृत कारोबार शुरू गरेकाथिए ।







