साना किसान विकास लघुवित्तको नाफा ९४ करोड ९६ लाख रुपैयाँ बढ्यो

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२.७७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि तुलनामा कम्पनीले ७७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड ८५ लाखबाट बढेर २ अर्ब १९ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । इम्पेयमेन्ट चार्ज १७ करोड ८८ लाख रुपैयाँबाट बढेर ४३ करोड ६५ लाख पुगेको छ ।

चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ रहेको साना किसानको जगेडा कोषमा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ जम्मा रहेको छ । यता, वितरणयोग्य नाफा १ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले ४५.४४ प्रतिशतसम्म लाभांश दिन सक्छ ।

तर, नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ निर्दशन दिएको छ । त्यसैले यसले सोही क्षमता अनुसार लाभांश नदिन सक्छ । संस्थाको प्रतिसेयर आम्दानी २४.९५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २४८.८१ रुपैयाँ छ । एनपीएल २.१८ प्रतिशत कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *