काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । सिल गरेको प्रशोधित पिउने पानीको बोतलमा अखाद्य वस्तु भेटिएपछि महानगरले आइतबार जरिवाना गराएको हो ।
सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्वलाएको देखे । कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख डंगोलले दुषित पानी विक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उहाँ निस्कनुभयो । त्यसपछि कार्यक्रम रोकिएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल