हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको कम्पनीले पायो मर्चेन्ट बैंकरको लाइसेन्स

काठमाडौं। हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको हिमालयन मर्चेन्ट बैंकरले लाइसेन्स पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)को बुधबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो।

‘मापदण्ड सबै पूरा गरेकोले नियमित प्रक्रियाअन्तर्गत नै हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय भएको हो’, सेबोन अध्यक्ष महेश बरालले भने।

हिमालयन मर्चेन्ट बैंकरको पुँजी २० करोड रुपैयाँको रहेको छ। अब यो मर्चेन्ट बैंकरले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्पूर्ण कार्य गर्न पाउनेछ।

यसैगरी हिमालयन मर्चेन्टले शेरको प्रत्याभूति, धितोपत्र अभिलेख राख्ने र सेयर रजिस्ट्रारजस्ता कार्य पनि गर्नेछ। हिमालयन मर्चेन्टले लाइसेन्स पाएसँगै मर्चेन्ट बैंकरको संख्या ३० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *