काठमाडौँ। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज तोलाको १४ सयले घटेर हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३ सयमा कारोबार भएको छ ।
यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।







