काठमाडाैं । सेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ४०.७६ अंकले २७९६.३८ को विन्दुमा बन्द भएको छ। त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.९७ अंकले घटेर ४९१.७८ बिन्दुमा पुगेको छ ।
आज १६३ कम्पनीको सेयरमूल्य बढ्दा ७८ कम्पनीको घटेको सेयरमूल्य छ भने एउटाको स्थिर रहेको छ। आज नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेको छ।
आज १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज रुरु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत, कुथेली बुखरी हाइड्रो, माथिल्लो मैलुङ खोला, भगवती हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज हिमालयन रिइन्स्योरेन्सकाे सार्वधिक कारोबार भएकाे छ । यस कम्पनीकाे १ अर्ब २६ करोड ४ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर ४९ करोड ३८ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर ४४ करोड ५१ लाख रुपैयाँ,शिवम सिमेन्ट ४२ करोड ७ लाख रुपैयाँ,माउन्टेन इनर्जी ४० करोड ९३ लाख रुपैयाँ,प्रभु बैंक ३७ करोड ५ लाख रुपैयाँ,अपी पावर ३५ करोड ५० लाख रुपैयाँ,एचआईडीसीएल ३३ करोड ८३ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर ३३ करोड ६७ लाख रुपैयाँ,एनआईसी एसिया बैंक ३३ करोड ६२ लाख रुपैयाँकाे सार्वधिक कारोबार भएकाे छ ।
अर्थ सन्जाल