काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। आज सेयर बजार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा बन्द भएको छ।
त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२९ अंकले घटेर ४९२.७५ बिन्दुमा पुगेको छ ।
आज ७४ कम्पनीको सेयरमूल्य बढेको छ भने १६४ कम्पनीको सेयरमूल्य घटेको छ । यो दिन ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज ३३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार बराबरको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।
आज सबैभन्दा धेरै एचआइडीसीएल, नेपाल हाइड्रो डेभलपर, शुभव पावर, सीटी होटलस्, कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।
आज हिमालयन रिइन्स्योरेन्सकाे सार्वधिक कारोबार भएकाे छ । यस कम्पनीकाे ५९ करोड ७५ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।
शिवम सिमेन्ट ४३ करोड ८१ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर ४२ करोड ५६ लाख रुपैयाँ,नेपाल फाइनान्स ४१ करोड ६७ लाख रुपैयाँ,निफ्रा ४१ करोड ४२ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ४१ करोड २२ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर ४० करोड ९० लाख रुपैयाँ,एचआईडीसीएल ३५ करोड १५ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३३ करोड ४७ लाख रुपैयाँ,प्रोग्रेसिभ फाइनान्स ३२ करोड ७२ लाख रुपैयाँकाे सार्वधिक कारोबार भएकाे छ ।







