ट्रासमिसन लाइनका टावर र सिंगल हट डिपलाई ग्यालभेन्जीङ प्रविधिबाट उत्पादन गर्दै हुलास स्टील

काठमाडौं । औद्योगिकरणका सुत्रधार एवम् सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व।दिवाकर गोल्छाको दुरदर्शिता, मार्गदर्शनहरु, देश निर्माणप्रति निष्ठावान रही स्वदेशमै राजेगारी श्रृजना गर्ने ब्यक्तित्वलाई सदासर्वदा आत्मसाथ गर्दै वहांको सम्मान एवम् सम्झनामा संस्थापक दिवस मनाउंदै आईरहेको अवस्था छ । आज साउन १४ गते संस्थापक दिवस का रुपमा विशेष महत्वका साथ मनाउन पाउंदा हामी अत्यन्त हर्षित भएको कम्पनीले जनाएको छ ।

सोही विशेष अवसरमा उद्योगको कारखाना स्थल लगायतकाठमाडौंस्थित करपोरेट कार्यालय, पोखरा, चितवन, बिराटनगर लगायत अन्य शाखा कार्यालयहरुमा आंखा परिक्षण, बृक्षरोपण तथा आर्थिक सहयोग प्रदानका कार्यक्रमहरु समेतको आयोजना गरिएको जानकारी गराउन पाउंदा खुशी लागेको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

देशलाई औद्योगिकीकरण र रोजगारी तर्फ उन्मुख गराउने स्व।दिवाकर गोल्छाको चाहना स्वरुप देशका विभिन्न स्थानहरुमा कर्कटजस्तापात तथा पाईप, जूट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टील युटेन्सील, जि।आई, आल्मुनियम, कप्पर वायर तथा इलेक्ट्रोनिक्स बस्तुहरु उत्पादन गर्ने उद्योगहरुको स्थापना गरी लगभग २०,००० जनालाई रोजगारी प्रदान गरेको छ ।

गुणस्तरिय कर्कटजस्तापाता स्वदेश मै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापना भएको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड ले आफ्नो ४३ वर्षको यात्रामा देशको अर्थतन्त्र र रोजगारी प्रदानमा उल्लेख्य योगदान गरेको छ । ४३ वर्ष अगाडी हुलास स्टील स्थापना हुंदाको सिमरा र आज सिमराको अवस्थाले नै हामीलाई ईन्गित गर्छ कि औद्योगिकरणले स्थानीय स्तरको बृद्धि विकासमा कस्तो अहम् भुमिका खोल्दो रहेछ भन्ने कम्पनीको दाबी छ ।

विद्युत प्रसारण लाईनका लागी आवश्यक पर्ने विभिन्न प्रकारका बस्तुहरु छिमेकी मुलुक भारत लगायत अन्य मुलुकहरुबाट विभिन्न सुविधाहरुको प्रयोग गरी भन्सार महशुल, मुल्य अभिबृद्धि कर र अन्तःशुल्क माफीमा आयात भईरहेको र स्वदेशी उद्योगहरुले सोही प्रकृतिका बस्तुहरु उत्पादन गर्नका लागी आयात गर्ने कच्चा पदार्थहरुमा भन्सार, अन्तःशुल्क र मु।अ।कर गरी ३५ प्रतिशतसम्म राजश्व असुलउपर गर्नाले आयातित बस्तुहरुसंग प्रतिष्पद्र्धा गर्न नसकी स्वदेशी उद्योगहरु धरासायी हुंदै गएका छन् ।

मेक इन नेपालको अवधारणालाई सार्थक बनाउने हामीले महशुस गर्दै लगभग ८ देखि १० अर्ब रुपैया बराबरको आयात भईरहेको सो प्रतिस्थापन गर्न सकेमा लगभग ५०० देखि ७०० जनालाई थप रोजगारी प्रदान गर्न सकिने कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *