प्रि ओपन सेसनमा ८.८९ अंकले बढ्यो नेप्से

काठमाडौं। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८.८९ अंकले बढेर बन्द भएको छ। आज सेसनमा ८.८९ अंक बढेर २३७३.५२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९१ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८५ स्टकको १७७ पटकको कारोबारमा ६० लाख ७५ हजार ८३४ रुपैयाँ ४० पैसाबराबरको १७ हजार १८६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ६३ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *