काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटल प्रा.लि. का कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।
उक्त सहमतिपत्रअनुसार ४० वर्ष भन्दा माथिका पुरुष तथा महिला, ४० वर्ष भन्दा मुनिका महिला तथा पुरुषहरुलाई औषतमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।







