आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ ।

२ बजेको अवधिमा युनाइटेड इदी मर्दी र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ९९६ दशमलव ६० र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ८१९ रुपैयाँ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *