सेयर बजार बुधबार पनि दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २३.२५ अंकले २१७५.४० को विन्दुमा उक्लिएको छ।
आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । आज १३ उप–सूचकमध्ये १२ वटा समूहका सूचक बढेका छन् भने १ समुहका सूचक घटेका छन् ।
बजार बढ्दा १९४ कम्पनीको सेयरमूल्य बढेको छ भने ४६ कम्पनीको सेयरमूल्य घट्दा ५ वटाको स्थिर रहेको छ।
आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । एविएल डिबेञ्चरका इकाईधनीले ८.६६ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ८.३२ प्रतिशतका दरले कमाएका छन् । एसबिएल डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज हाथवे इन्भेस्टमेन्टकाे सर्वाधिक कारोबार भएकाे छ । यस कम्पनी १५ करोड ८ लाख रुपैयाँकाे कारोबार भएकाे छ ।
जानकी फाइनान्स,एनआरएन इन्फ्रास्ट्रक्चर,सीईडीबी हाइड्रोपावर,ङादी ग्रुप पावर,माउन्टेन इनर्जी,हिमालयन रिइन्स्योरेन्स,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स,गुडविल फाइनान्स,एनआईसी एसिया लघुवित्तकाे सर्वाधिक कारोबार भएकाे छ ।