ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । ज्योति विकास बैंंक लिमिटेडले आफ्ना सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । बैंकले बिक्रीमा ल्याएको सेयरको संख्या भने खुलाएको छैन् ।

सो सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *