भोलि नेपाल र थाइल्याण्ड भिड्दै

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भोलि (बिहीबार) नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ । थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप-२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो ।

नेपाल तेस्रो चरणको लागि समूह ए मा रहेको छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।

यता, थाइल्यान्ड भने समूह सी मा छ । जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् ।

फिफा वरीयता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ ।

हाल थाइल्यान्ड फिफा वरीयताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ ।

मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै टिम बनाएका हुन् ।

मछिन्द्रले  २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेसँगै उसका आधा दर्जनभन्दा बढी खेलाडी थाइल्यान्ड भ्रमण बाहिर रहेका हुन् ।

स्ट्राइकर विमल घर्ती मगर, मनिष डांगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई (बी), देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाल लगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन् ।

उनीहरुको अनुपस्थितिमा अब्दुल्लाहले युवा खेलाडी प्रशान्त अवस्थी, सुदिप गुरुङ, आकाश बुढा मगर, नविन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मौका दिएका हुन् । ।

नेपाली टिममा कप्तान किरण र रोहित चन्द भने क्रमशः माल्दिभ्स र इन्डोनेसियाबाट टिमसँग जोडिसकेका छन् ।

मूख्य प्रशिक्षक अब्दुल्लाहले थाइल्यान्ड प्रस्थान गर्नुअघि युवा टिमबाट सकारात्मक नतिजाको आशा गरेको र सोहीअनुसार रणनीति बनाएर खेल्ने बताएका छन् ।

यससँगै अब्दुल्लाहले नेपाली टोलीका लागि १५औं खेल खेलाउँदै छन् । थाइल्यान्डपछि नेपालले थाई शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ चैतमा खेल्नेछ ।

नेपाली टिमः 

गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की

रक्षकः रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरज जिउ ठकुरी

मिडफिल्डरः आयुष घलान, एरिक विष्ट, नितीन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ

स्ट्राइकरः आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट, दर्शन गुरुङ,

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *