रौतहटमा पाँच लाख बढीको अबैध सामान बरामद

रौतहट । रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानहरू बरामद गरेको छ।

तस्करहरुले भारतीय बजारबाट खरीद गरी चोटिलुकी भन्सार छलेर बिभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीका अनुसार १ लाख ९६ हजार बराबरको चाँदीको गहनाहरू,१ लाख ५५ हजार ८ सय बराबरको लत्ताकपडा सवारीसाधन ,१ लाख २४ हजारको पशु चौपाया र ९७ हजार ७०० को किराना तथा खादान गरी कुल ५ लाख ५५ हजार ५ सय बराबरको अबैध सामान बरामद गरेको हो।

बरामद सामान तथा सवारीसाधन आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय तस्करी नियन्त्रण गर्न प्रहरीले पूर्ण सक्रियता देखाएको स्थानीयहरूले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *