काठमाडौं। सेयर बजार सोमबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक आज ४.६२ अंकले घटेर २१३६.३५ को विन्दुमा बन्द भएको हो।
३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार घट्दा ९५ कम्पनीको सेयरमूल्य बढेको छ भने १४१ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। यो दिन १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंक डिबेञ्चरका लगानी कर्तालेले कमाएका छन् । आज यस कम्पनका लगानी कर्ताले ६.०१ प्रतिशतका दरले कमाएका छन् । दोर्दी जलविद्युतका इकाईधनीले ५.०३ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीले ४.७५ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ४ .५० प्रतिशतका दरले कमाएका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरकाे सर्वाधिक कारोबार भएको छ। यस कम्पनकाे २८ करोड ७० लाख रुपैयाँकाे कारोबार भएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर,जानकी फाइनान्स,सीईडीबी हाइड्रोपावर,हिमालयन रिइन्स्योरेन्स, निफ्रा,स्वावलम्बन लघुवित्त,आईसीएफसी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकाे सर्वाधिक कारोबार भएको छ।






