काठमाडौं । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गरेपश्चात आज (असार २४ गते) बाट एकीकृत कारोबार सुरु हुँदैछ । दुवै संस्था मर्ज भएपछि ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।
हाल समता लघुवित्तको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ। त्यस्तै मनकामनास्मार्ट लघुवित्तको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
Artha Sanjal






