काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ को विन्दुमा बन्द भएको हो।
आज ३२५ वटा कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब बढीको सेयर कारोबार भएको छ । बजार बढ्दा १५० कम्पनीको सेयरमूल्य बढेको छ भने ८२ कम्पनीको घटेको छ। आज १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.२५ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् । फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ५.५ प्रतिशतका दरले कमाएका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक काराेबार भएकाे छ । यस कम्पनीको २१ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर,गुडविल फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, निफ्रा, हाथवे इन्भेस्टमेन्ट, जानकी फाइनान्स र आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।






