काठमाडाैं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण्म सार्वजनिक गरेको छ ।
तेस्रो त्रैमासको तथ्यांकअनुसार कम्पनी २ करोड ६३ लाख रुपैयाँले नाफामा रहेकाे छ । गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको नाफा ९२ करोड ७८ लाख रुपैयाँ थियो । तथ्यांकअनुसार उद्योगको नाफा उल्लेख्यरुपमा घट्ने देखिन्छ । यो चौथो त्रैमासको अवधिमा उद्योगको नाफामा उल्लेख्य वृद्धि आउने देखिँदैन ।
यस्तै कम्पनीको प्रति सेयर आम्दानी २.०८ रुपैयाँ छ । गत आर्थिक वर्ष प्रति सेयर आम्दानी ५४.३४ रुपैयाँभन्दा बढी थियो । यसमा समेत गिरावट आएको देखिन्छ । तेस्रो त्रैमासमा उद्योगको सञ्चालन मुनाफा भने ३९ करोड ९७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा सञ्चालन मुनाफा १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी थियो ।
उद्योगले यही असार अन्तिम सातादेखि बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणलाई सेयर बिक्री गर्दै छ । सुरुमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई ८२०.८ रुपैयाँमा आईपीओ बिक्री हुनेछ । यो आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्तामा आवेदन दिनुपर्छ ।
अर्थ सन्जाल