हेवा खोला साना जलविद्युतबाट पुनः विद्युत उत्पादन सुरु

काठमाडौं । वरुण हाईड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालनमा ल्याएको हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु भएको छ । गत वर्षको असार २ गते आएको बाढीले क्षतिग्रस्त यो आयोजनाबाट असार २१ गतेदेखि पुनः विद्युत सुरु भएको कम्पनीले जनाएको छ ।

२०८० को असारमा आएको बाढीका कारण ४.५ मेगावाटको हेवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन एक वर्षदेखि बन्द थियो । अहिले हेवा खोला साना जलविद्युत आयोजनाको पुनःनिर्माण कार्य सुरु गरिएको कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *