ग्लोबल आइएमई बैंकले यी स्थानको घरजग्गा बिक्री गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले घरजग्गा बिक्री गर्ने भएकाे छ । बैंकले आफ्नो स्वामित्वमा रहेको घर, जग्गाहरू लिलामी मार्फत बिक्रीमा ल्याएको हाे ।

बैंकले नारायणगढ शाखा, चितवन र गुर्भाकोट शाखा, सुर्खेतको स्वामित्वमा रहेको घर, जग्गाहरू जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने जनाएको छ ।

उक्त घर, जग्गाहरू खरीद गर्न इच्छुक व्यक्तिले बैंकको शर्तहरूको अधीनमा रही ७ दिनभित्र बोलपत्र फाराम भरी काठमाडौंको नक्सालस्थित बैंकको प्रधान कार्यालयको कर्जा असुली विभागमा पेश गर्नु पर्नेछ ।

बोलपत्र फाराम तोकिएको दस्तुर तिरी ग्लोबल आइएमई बैंकबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *