काठमाडौं । एनआइसी एशिया बैंकले मास्टर कार्ड जारी गरेको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको एनआईसी एशियाले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउन मास्टर कार्ड सेवा शुभारम्भ गरेको हो ।
आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको बैंकले जनाएको छ। डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने छ ।
कार्डमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्रयाक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ । कार्डमार्फत नेपाल, भारत र भुटानबाट एटीएम मार्फत पैसा जिक्दा साथै पिओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सकिने छ ।
‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टर कार्ड बीचको सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ ।