मुख्यसचिव डा. बैकुण्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

आयोग  उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा अर्यालले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको अख्तियार उच्च स्रोतले बताएकाे छ ।

‘उहाँलगायत केही सार्वजनिक व्यक्तिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तर उच्चपदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण हामीले गोप्य राखेका छौं ।’

अख्तियारले   शुक्रबारनै  टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णयअनुसार आज अख्तियारको टोली विशेष अदालत पुगेको छ ।

मुद्दा दायर गर्ने अख्तियारको निर्णयसँगै  मुख्य सचिव डा. बैकुण्ठ अर्यालले भने राजीनामाको तयारी गरेका छन् । आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजिनामा दिन लागेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *