बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाईन सेवा संचालन

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहक महानुभावहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको छ ।

यस हेल्पलाईन सेवा अन्र्तगत ग्राहक महानुभावहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नुहुनेछ । बैंकको मोबाईल बैंकिङ्ग(BOK SMART), इन्टरनेट बैंकिङ्ग (BOK Click), क्यूआर कोर्ड  (QR Code), डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा एइक् को कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहक महानुभावहरुले हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना helpline@bok.com.np बाट सिधै सहयोग लिन सक्नुहुनेछ ।

बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *