नबिलको बसन्ती प्रेरणादायी पात्र अभियान

एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतनाअभियान शुरु गरुेको छ । बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कुप्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्तगर्ने उदेश्यले आक्रमण गर्यो । एसिड आक्रमणबाट बाँच्न सफलउनि अब एउटा पिडितको रुपमा होइन बहादुरी जीवन यापकको रुपमाआफ्नो पहिचान बनाउन चाहन्छिन् । थप, विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्तीती पिडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघी बढीरहेकी छिन् ।
बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यो अभियानमार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित यो अभियानमार्फत सौन्दर्यलाई नयाँतरिकाले चित्रण गर्ने उदेश्य राखेको छ । यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्दैछ ।
यस अभियानको सुरुवातगर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले चैत २२ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको छ । वरिष्ठ सामाजिक अभियान्ता उज्वलथापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो ।

प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसंग नेपालमा एसिड आक्रमण विरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत÷वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह÷सहयोग सम्बन्धीविषयमा छलफल भएको थियो । एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउँन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुकबनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको थियो । बसन्तीमोडेल मात्रहोइनन्, प्रेरणादायी पात्रहुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यकालागि एक सामूहिक सन्देश दिनखोजेको छ । यो सन्देशमुलक अभियान आगामी दिनमा पनि जारी रहनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *