अशोक लेलैण्डको ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभरि सुरु

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्घित अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२’ देशैभरि आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी सुरु गरेको छ ।

आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठका साथै अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथिमा काठमाण्डौमा संयुक्त रुपमा यो योजनाको उद्घाटन गरिएको हो ।

यस योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्ट्समा ५०% सम्म छुट, लुब्रिकेन्टमा १२% सम्म छुट र लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ । यस सर्भिस क्याम्पअन्तर्गत ग्राहकले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्री गाडी वासिङ, फ्री टी–सर्ट, १ लिटरसम्मको फ्री इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।

यस सर्भिस क्याम्पको अफरहरु आशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुनेछ । ग्राहकले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागू हुनेछ। आइएमई मोटर्सले ग्राहकका निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनि ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

देशभर विभिन्न पार्टस तथा सर्भिस सेन्टरहरुबाट ग्राहकमा सेवा प्रदान गर्न सफलमात्र नभई उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *