काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ‘सर्ट लिस्टेड’ ५ जनालाई आज अन्तर्वार्ताका लागि बोलाइएको छ । बोर्डको अध्यक्षका लागि सर्टलिस्ट भएका उम्मेदवारहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता आज आइतबार अर्थात् असार २ गते तोकिएको हो ।
अर्थमन्त्रीको निर्देशनमा लामो समयदेखि रोकिएको अन्तर्वार्ता चौतर्फी बिरोध हुन थालेपछि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले एक सूचना जारी गर्दै सर्टलिस्ट भएका उम्मेदवारहरुको अन्तर्वार्ता हुने जनाएको हो । अन्तर्वार्ता आज विहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभा हलमा सुरु हुनेछ ।
बोर्ड अध्यक्षका लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठको नाम ‘सर्टलिस्ट भएको छ ।
अर्थ सन्जाल