रोयल इन्फिल्ड मोटरसाइकलको नेपालको लागि आधिकारीक विक्रेता त्रिवेणी ग्रुप भएको छ । दुगड ग्रुप अन्तरगतको विवेक अटोमोवाइलले नेपालमा रोयल इन्फिल्ड मोटरसाइकल विक्री गर्दै आएको थियो ।
नेपालमा स्थापित यो त्रिबेणी समूहले उत्पादन, ट्रेडिङ, बैंकिङ, इन्स्योरेन्स, ऊर्जा, रिटेल, मनोरन्जन, पर्यटन र कृषि लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।
नेपालमा बुलेट नामबाट चर्चित रहेको ब्राण्ड रोयल इन्फिल्डलाई अब नयाँ प्लानिङका अनुसार नेपालमा स्थापित गर्ने गरि योजना भइरहेको त्रिवेणी ग्रुपका निर्देशक हर्ष संघाइले आर्थिकन्युज डटकमलाई बताए । विश्वमा धेरै उत्कृष्ठ दुई पाग्रे सवारी साधनका रुपमा रहेको रोयल इन्फिल्ड मोटरसाइकललाई नेपालमा स्थापित गराउनका लागि धेरै डिलरहरु खोल्ने योजनामा रहेको उनले बताए ।
मेटोर ३५० हिमालयन र इन्टरसेप्टर मोडल विक्री हुँदै आएका थिए । त्रिबेणी समूहले डिलर सिप लिएसँगै यसको व्यवसाय विस्तारमा योजना निर्माण गरेर काम अगाडि बढाई सकेको निर्देशक संघाईले जानएका छन् ।