प्रधानमन्त्री देउवासँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसअघि श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए । निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो।

Read More

व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती रहेको बताएका छन् । काठमाण्डौको भृकुटीमण्डलमा आजदेखि सुरु भएको पाँचौँ संस्करणको नेपाल चेम्बर एक्स्पो २०२२ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् । उनले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि आग्रह गरे । ‘निर्यात प्रवर्द्धन…

Read More