फट्याइको राजनीति गर्नेका कारण जनतामा वितृष्णा बढ्यो : नैनसिंह महर
नेपाली कांग्रेसका नेता नैनसिंह महरले १० प्रतिशत फट्याइको राजनीति गर्ने व्यक्तिका कारण नेपालमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व सहयोग संघ नेपाल तथा सौरपानी मिडियाद्वारा आयोजित स्रष्टा सम्मान तथा मणि नेपालीको पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता महरले ९० प्रतिशत नेताकार्यकर्ता असल रहे पनि १० प्रतिशतको खराब प्रवृत्तिका कारण राजनीतिप्रति वितृष्णा पैदा भइरहेको टिप्पणी…



