टी–२० विश्वकपमा इंग्ल्याण्डले भारतलाई १० विकेटले रोक्यो
भारतीय टिम टी–२० विश्वकप २०२२ को फाइनलमा पुग्न सकेन । एडिलेडमा बिहीबार भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको हो । भारतले १६९ रनको लक्ष्य दिएको थियो । इङ्ल्यान्डका ओपनरहरूले यो लक्ष्य १६औं ओभरमा १० रन रेटमा पूरा गरेका थिए । इंग्लिस ओपनर एलेक्स हेल्सले १८३ को स्ट्राइक रेटमा ८६ रन बनाए ।…



