मुगुका आगलागी पीडितलाई चार लाखसम्म नगदै राहत दिने निर्णय
कर्णाली सरकारले मुगुका आगलागी पीडितलाई नगद रकम राहत उपलव्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो । आगालागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार रूपैयाँ राहतस्वरुप प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवं आर्थिक…



