आइसिसी टी–२० विश्वकप : न्युजिल्यान्डसँग श्रीलङ्का पराजित
अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा न्युजिल्यान्डले श्रीलङ्कामाथि सानदार जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ६५ रनले हरायो । जितका लागि न्युजिल्यान्डले दिएको एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्का १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय दुई रनमा समेटियो । श्रीलङ्काका लागि कप्तान दसन…



