कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकका अनुसार आज (जेठ ११) गते १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३२ रुपैयाँ ९६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ८३ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउन्ड १ को बिक्री दर १७० रुपैयाँ ०६ पैसा खरिद दर १६९ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *