ज्योति विकास बैंकद्वारा अनुकरणीय सेवा गर्ने कर्मचारीलाई सम्मान

काठमाडौं ।ज्योति विकास बैंकले १५ वर्षसम्म अनवरत काम गरेका कर्मचारीलाई सम्मान गरेको छ। कर्मचारीले बैंकमा अनुकरणीय सेवा, समर्पण र योगदान गरेको भन्दै सम्मान गरेको हो।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीलाई सम्मानित गर्दै जीवन बिमा परिपक्वताको रकम पनि हस्तान्तरण गरे।

सम्मानित हुनेमा विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होमकुमारी बस्नेत रहेका छन्। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका कर्मचारीले विगत १५ वर्षदेखि बैंकलाई पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए।

बैंकले संस्थागत सुशासनलाई प्राथमिकता दिँदै ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्‍याउन सफल भएको जनाएको छ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *