नेपाल र वेस्टइन्डिज ‘ए’को खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको तालिका सार्वजनिक भएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टि–२० खेलको तालिका सार्वजनिक गरेको हो ।

नेपालले टि–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रूपमा वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो । वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो ।

नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *