शेरबहादुर देउवाको नेतृत्वमा अब मुलक अघि बढ्दैन् : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुलुक अघि बढ्न नसक्ने ठोकुवा गरेकी छन् । प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

‘शेरबहादुर देउवाको नेतृत्वमा मुलुक अघि बढ्दैन् । मैले सत्य कुरा गरेको हुँ । उहाँप्रति मेरो कुनै नकारात्मक सोचपनि छैन् । म उहाँको विरोधपनि गर्दिनँ । तर, अब उहाँले सक्नुहुन्न । उहाँको नेतृत्वको औचित्य अब समाप्त भैसकेको छ ।’ कोइरालाले भनिन्

उनले जनताले जिताएको व्यक्ति आउँदामात्र देशमा लोकतन्त्र बलियो हुने तर्क गरिन् । उनले अहिलेको अवस्था हेरेर कांग्रेसलाई पार्टी भन्न नसकिने तर्क गरिन् । उनले अहिलेको कांग्रेस पार्टी नभएर अराजकता भएको टिप्पणी गरिन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *