काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले भ्रष्ट नेताहरुलाई जेल नकोचेसम्म देश नबन्ने दाबी गरेका छन् । भ्रष्टाचारको कारण नै देशको विकास नभएको उनको दाबी छ ।
आज (शनिबार) रुपन्देहीको बुटवलमा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । सो क्रममा उनले ठूला दलका शीर्ष नेताहरुको भूमिकाको पनि आलोचना गरेका थिए । अपवाद वाहेक अधिकांश नेताहरु देश बनाउन होइन, आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ ।
‘नेताहरुको ध्यान देश बनाउनुपर्छ भन्ने छँदैछैन, आफू र आफ्ना मान्छे बनाउने वाहेक अरु कुरामा गएन । यही कारण मुलुकका समस्याहरु वर्षौंदेखि जस्ताको त्यस्तै छन् ।’ भण्डारीले भने







