राष्ट्र बैंककी डेपुटी गभर्नर ढुंगानामाथि दुर्व्यवहारको आरोप लागेका थानेश्वर आचार्य बर्खास्त

काठमाडौ। नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्।

केन्द्रीय बैंककी डेपुटी गभर्नर निलम ढुंगानालाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो। आचार्यलाई राष्ट्र बैंक मानव संसाधन विभागले बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए ।

आचार्यले गत पुस पुस २६ गते शुक्रबार साँझ नगरकोट स्थित होटल  मिस्टिक माउन्टेनमा स्ट्रेस म्यानेजमेन्टका नाममा भएको कक्टेल पार्टीमा एक्कासी हात समाएर अंकमाल गरेका थिए । उनलाई ढुङ्गानाले कारबाही गर्नुपर्ने माग राखेपछि टक्सार महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाएर अन्यत्र सरुवा गरिएको थियो।

उक्त घटनाका सन्दर्भमा आचार्यलाई पटक- पटक स्पष्टीकरण सोधिएको र स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सेवाबाट हटइएको मानव संशाधन विभागले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *