काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न तीन जनालाई निलम्बन गरेका छन् ।
निलम्बित हुनेमा पार्टीका सहायकमहामन्त्री प्रेम बलायरसहित काठमाडौं ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।
राप्रपाको गत साता काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको थियो । घटनापछि राप्रपाले छानबिन समित गठन गरेको थियो । सो छानबिन समितिले दिएको सुझावका आधारमा पार्टीका सहमहामन्त्री प्रेम बलायरसहित तीन जना निलम्बित भएका हुन् ।
Artha Sanjal






