ग्लोबल मनि विकको अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनि विक’को अवसरमा कामना सेवा विकास बैंकले मिति २०८० साल चैत ०५ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने आर्थिक सहयोग र विकास संगठनको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताह आजदेखी सुरुवात भएको हो ।

नेपाल राष्ट्र बैंक द्धारा आयोजित ‘ग्लोबल मनि विक’ अन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकहरुलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका कोशी प्रदेशको प्रमुख श्री मोहन दत्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष, श्री रविन्द प्रसाद लिङदेनको प्रमुख आतित्यथा रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख श्री मोदनाथ गुरागाँईले प्रस्तुतिकरण गरेका थिए । स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जिवनयापन सहज वनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो । उक्त कार्यक्रममा झापा जिल्लामा विभिन्न किसीमका नगदेवाली उत्पादन सँग सम्वन्धीत १०० जना भन्दा बढी महानुभावहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले कृषकहरुले वचत, ऋण तथा बैंकिङ कारोवारको वारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुको निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *