काठमाडौं । कृषि विकास बैंकले ग्लोबल मनि विक (Global Money week)को अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कृषि विकास बैंक, वागमती प्रदेश कार्यालय, गौशाला काठमाडौंको संयोजनमा शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालीकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमा Global Money week को पहिलो दिनको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा वित्तीय साक्षताका सम्वन्धमा बैंक, बैंकका सेवाहरु, विद्युतिय बैंकिङ सेवा, कर्जा, निक्षेप, एजेन्सि सेवा लगायत अन्य विषयका सम्वन्धमा बैंकका उप महाप्रवन्धक यज्ञप्रकाश न्यौपानेले प्रकाश पारे ।
उनले विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी प्रदान गरे ।
सन् २०१२ देखि संसार भरी मार्च महिनामा सञ्चालन हुँदै आएको Global Money week कार्यक्रमबाट सन् २०२३ मा मात्र विश्वभरीका १७६ मुलुकका ४० हजार संस्थाहरुको संलग्नतामार्फत १२ करोड जनसंख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् ।
बैंक तथा वित्तीय संस्थामार्फत कारोवार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्रा (Green Money)का माध्यमबाट वातावारण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्धेश्य रहेको छ ।
कार्यक्रम सर्वमंगला माध्यमीक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बैंकका प्रदेश निर्देशक गिरिधारी पौडले , पाँचखाल नगरपालीका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला लगायतले बैंक मार्फत कारोबार गर्नुको फाइदाका सम्वन्धमा प्रकाश पारेका थिए । वागमती प्रदेश कार्यालयका वरिष्ठ शाखा अधिकृत मदुसुदन खकुरेलले संचालन गरको कार्यक्रममा शाखा कार्यालय पाँचखालका प्रवन्धक विनोद कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।






